कश्मीरमा सेना चढेको गाडीमा आक्रमण हुँदा पाँच जनाको मृत्यु
नयाँ दिल्ली | बैशाख ८, २०८०
दिल्ली: कश्मीरमा भारतीय सेनाको टोलीमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ ।
जम्मु कश्मीरको पुँछमा हिजो दिउँसो तीन बजेतिर भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो ।
भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तीमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
आक्रमणमा गम्भीर घाइते एक जनाको रजौरीमा रहेको सैनिक अस्पतालमा उपचार भइरहेको छ । जैश ‘ए’ मोहम्मद समर्थित पिपुल्स एन्टी फाँसिस्ट फ्रन्ट नामक सङ्गठनले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

